राजनीति Archives | Page 630 of 2028 | Khabarhub Khabarhub

कांग्रेस कोसी संसदीय दलको उपनेतामा कार्की नियुक्त

विराटनगर - हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता  नियुक्त गरेका हुन् । उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उनी  प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् । उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।