Khabarhub

संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरूको नाम दिन दलहरुलाई आग्रह गरेका छन् ।  बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बिहीबारसम्म दिन दलहरुलाई आग्रह गरेका हुन् ।  समिति गठन गरिँदा संसद्लाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर, बुधबार सबैको नाम प्राप्त हुन…