Khabarhub

खाली विद्यालय भवनमा कोभिड अस्पताल

बागलुङ– खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि १० शय्याको अस्पताल तयार गरिएको हो । विद्यार्थी सङ्ख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाभिएपछि खाली रहेको सो विद्यालयको भवन उपयोग गरिएको…