Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ४८२ संक्रमितको मृत्यु

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा संक्रमण पुष्टि भएको छ…