Khabarhub

राष्ट्रिय परिचयपत्रको विवरण भर्न गृहले माग्यो १०० जना दर्ता अपरेटर

काठमाडौँ– गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो। इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ। आवेदन दिन पैसा लाग्ने छैन ।…