Khabarhub

उपप्रधानमन्त्री पोखरेल र बंगलादेशी राजदूतबीच शिष्टाचार भेट

काठमााडौं– बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सलेले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा पाँच दशकदेखि नेपाल र बंगलादेशबीच रही आएको अत्यन्त घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धका विषयमा केन्द्रित रहेर छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ…