Khabarhub

ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीकी आमाको निधन

काठमाडौँ - ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो ।…