Khabarhub

चिडियाघरमा काम गर्ने कर्मचारीलाई बाघले मार्‍यो

एजेन्सी- स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ। ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए। तिनले बाघलाई खोरबाट बाहिर निकाल्न त सके तर ती ५५ वर्षीया महिलाको त्यहीँ निधन भयो। ज्यूरिकको चिडियाघरका अनुसार सो हमलाबारे आगन्तुकहरूले पहिलो जानकारी दिएका थिए। ज्यूरिक चिडियाघरले बाघ…