भारत / चीन / सार्क Archives | Page 285 of 343 | Khabarhub Khabarhub

भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने

काठमाडौं - कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेलायतलाई भारतले ३० लाख पारासिटामोल उपलब्ध गराउने भएको छ । बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ । भारतले उपलब्ध गराउने उक्त औषधि आगामी दुई हप्तामा बेलायत पुगिसक्ने छ । पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना…