Live on
Your Voice, Your Power
काठमाडौं - माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको बैंकको ४७२ औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो। बैंकको अध्यक्षबाट डा. विरेन्द्र महतोले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो। महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन्।