विविध « Khabarhub

नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा वाग्ले पुन: निर्वाचित

नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । उनी यसअघिपनि संघको अध्यक्ष थिए । संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष आनन्द वाग्ले र उपाध्यक्ष दीपक पाण्डेबीच भीडन्त भएको थियो । यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने कोषाध्यक्षमा सुशील घिमिरे बिजयी भएका छन्। महासचिवमा तेज सुवेदी निर्वाचित भएका छन् ।