Live on
Your Voice, Your Power
काठमाडौं- एएफसी कप छनौट २०२२ को प्ले अफमा नेपालको मछिन्द्र फुटबल क्लबले खराब सुरुवात गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जारी खेलको पहिलो हाफमा श्रीलंकाको लिग विजेता ब्लु स्टारले मछिन्द्र फुटबलमाथि २–० गोलको अग्रता बनाएको हो । खेलको पहिलो हाफमा ब्लु स्टारका लागि कईयोम र शेनालले १–१ गोल गरे ।