फुटबल Archives | Page 211 of 351 | Khabarhub Khabarhub

नेपाल र किर्गिस्तानबीचको फुटबल शुरू, त्रिदेब र सन्जोगको डेब्यु

काठमाडौँ – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र किर्गिस्तानको यू-२३ टिमबीचको खेल शुरू भएको छ । जारी त्रिदेशीय फुटबलमा नेपालको यो पहिलो खेल हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेलिरहेको हो । किर्गिस्तानविरुद्धको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।