Live on
Your Voice, Your Power
इलाम - इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७ मतले पराजित गरेका हुन् । लिम्बुले ८ हजार १३२ मत पाउँदा माओवादी केन्द्रका धनकुमार लिम्बुले ६ हजार ५१५ मत पाएका छन्…