देश/प्रदेश « Khabarhub

भरतपुर विमानस्थलको रन–वे आसपास झाडी बढ्दा जोखिम

चितवन- भरतपुर विमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम बढेको छ । झाडीमा स्याल, दुम्सीलगायतका जनावरको बासस्थान बन्दै गएको छ । जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनावर धावनमार्गमा आएमा दुर्घटना हुनसक्ने उच्च जोखिम देखिएको छ । विमानस्थल प्रशासनले बजेटको अभाव भन्दै बेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुनसक्ने चिन्ता सरोकारवालाको छ…