देश/प्रदेश « Khabarhub

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु सुरक्षित रुपमा सङ्ग्रह गरी राखिएका छन् ।…