देश/प्रदेश « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ धरौटीमा छुटे

काठमाडौँ – वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ईन्जिनियर राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटेका छन्। बुधबार विशेष अदादलका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको संयुक्त इजलासले भवन निर्माण संभार डिभिजन कार्यालयका तत्कालीन ईन्जिनियर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश लगत्तै नगद धरौटी बुझाएर उनी छुटेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।…