Live on
Your Voice, Your Power
कैलाली- कैलालीका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा नागरिक भरिभराउ भएका छन् । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेकाले सरकारले अर्को जिल्लाबाट आएका नागरिकलाई पनि क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि स्थानीय तहका क्वारेन्टाइनमा मानिस भरिभराउ भएका हुन् । जोशीपुर गाउँपालिकामा आज क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११८ पुगेको छ । गाउँपालिकाले बौनियास्थित रघुनाथ बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइनमा ५६ जना राखिएका छन् ।…