Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वैशाख २ गते २० हजार रुपैयाँ घुससहित पक्राउ परेका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । लेखा अधिकृत भट्टराई सडक मर्मत पश्चातको रकम भुक्तानीका लागि मागेको २० हजार रुपैयाँसहित पक्राउ परेका थिए ।…