देश/प्रदेश « Khabarhub

सुत्केरीको मृत्यु पछि नोबल अस्पतालमा तनाव

विराटनगर– सुत्केरी गराउन आएकी महिलाको मृत्यु भएपछि विराटनगरको नोबल अस्पतालमा तनावको स्थित सिर्जना भएको छ । सुत्केरी गराउन आएकी जानुका श्रेष्ठको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमै नाराबाजी गरेका हुन् । अस्पतालको लापरबाहीले श्रेष्ठको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालको विरोध प्रदर्शन समेत गरेका छन् । मृतकका आफन्तले शब लिन समेत मानेका छैनन् ।