देश/प्रदेश Archives | Page 1972 of 2054 | Khabarhub Khabarhub

सिन्धुलीमा चट्याङ लागरे एक जनाको ज्यान गयो

सिन्धुली– सिन्धुलीको हरीहरपुरगढी गाँउपालिका २ चैनपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो कोलगैरा भन्ने जंगलमा परेको चट्याङ लागेर स्थानिय ११ वर्षीय बालक नवराज तिरुवाको ज्यान गएको हो । चट्याङ लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको स्थानीय भुवन राईले जानकारी दिए । उनी दिउसो जंगलमा च्याँउ खोज्न गएका थिए ।