देश/प्रदेश « Khabarhub

पाण्डेलाई मरणोपरान्त ‘टुरिजम लाइफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौं - स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपी प्रसाई ‘टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४’ प्रदान गरिएको छ । पिपी प्रसाई फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड काठमाडौँमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाण्डेका छोरा प्रवीण पाण्डेले प्रदान गरे। होटल सङ्घ नेपालका पूर्वअध्यक्ष तथा साङ्ग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए…