देश/प्रदेश « Khabarhub

डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवकको मृत्यु

धनगढी । डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो। उनको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको प्रहरीले बताएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको डडेल्धुरा प्रहरीले बताएको छ। उनी ट्याक्टर चालक हुन्।…