Live on
Your Voice, Your Power
कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ चेकप्वाइन्टबाट डाइजापाम १ एम्पुल, फेनारगन २२ एम्पुल र रेक्सोजेसिक १० एम्पुलसहित बेदकोट नगरपालिका ७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिवार राति पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भट्टलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।