देश/प्रदेश « Khabarhub

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

धनगढी– कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।  जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोही वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्। अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमान्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।