देश/प्रदेश Archives | Page 640 of 2028 | Khabarhub Khabarhub

चट्याङ लागेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही– सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ। बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।