देश/प्रदेश « Khabarhub

पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु

काठमाडौं – रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको निधन भएको छ। बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको प्रहरीको भनाइ छ। पहिरोमा परी एक जना घाइते भएका छन्। आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४…