Live on
Your Voice, Your Power
काठमाडौँ– मोरङका विभिन्न ठाँउ लगायत विराटनगरमा बडा दशैँको सतौँ दिन शनिबार परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ । विराटनगरको जिल्ला अदालतबाट बाजागाजा सहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउनु अघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दसैँघर स्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो । …