समाचार Archives | Page 1057 of 6982 | Khabarhub Khabarhub

कुलोले बगाउँदा दाङमा एक बालकको मृत्यु

दाङ। दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ। आज घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ। आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।