समाचार Archives | Page 253 of 7431 | Khabarhub Khabarhub

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौं– भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् । अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ । औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।