समाचार Archives | Page 2607 of 7432 | Khabarhub Khabarhub

लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ। जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्। प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरेका हुन्। विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए।…