समाचार Archives | Page 357 of 6989 | Khabarhub Khabarhub

भरूवा बन्दुकसहित एक जना पक्राउ

अछाम- मंगलसेन नगरपालिका-१२ ठाँटीखाद बस्ने ३१ वर्षीय टंक बहादुर शाहीलाई भरूवा बन्दुक १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैरीटाडबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।