Live on
Your Voice, Your Power
काठमाडौं- बागमती नदीले बगाएर ल्याएको एउटा शव थापाथली पुलनजिकैबाट प्रहरीले निकालेको छ । करिब ३५ वर्षीय पुरुषको शव सोमबार साँझ सवा ६ बजे नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले बागमतीबाट निकालेको छ । उक्त शव आवश्यक मुचुल्का गरेर प्रहरीले पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइसकेको छ ।