समाचार Archives | Page 5 of 6910 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेका हुन् ।  मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आएका हुन् ।  उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए ।