समाचार Archives | Page 940 of 6978 | Khabarhub Khabarhub

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । काठमाडौँको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो । उनीमाथि नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।