अपराध « Khabarhub

अनलाइनमार्फत जुवा खेलाउने बल्छी धुर्वे र राजु मास्टरलगायत ८ जना पक्राउ

काठमाडौँ- अनलाइनमार्फत जुवा खेलाएको आरोपमा बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनिने राजु पौडलेलगायत ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।