Live on
Your Voice, Your Power
धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो टीकापुर नगरपालिका–१ बनगाँउबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । टीकापुर नगरपालिका–३ शंकरपुरका ३० वर्षीय देवेन्द्रबहादुर शाही १७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।