Live on
Your Voice, Your Power
हेटौँडा– मकवानपुर प्रहरीले करिब २० किलो चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अवैध ढंगबाट हेटौँडा ल्याइँदै गरेको १९ किलो ८ सय ४५ ग्राम चाँदीबाट बनेको गरगहनासहित हेटौँडा–१४ बाट लालबाबु शाहलाई नियन्त्रणमा लिएको हो । बिरगंजबाट हेटौँडा आउँदै गरेका शाहलाई हेटौँडा १४ स्थित ड्राइभर डाँडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको…