अपराध « Khabarhub

सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– सात वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले मंगलबार साँझ ४० बर्षीय व्यक्तिलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको डीएसपी दक्षकुमार बस्नेत बताए ।