Live on
Your Voice, Your Power
काठमाडौं – व्यक्ति अपहरणको आरोपमा विप्लव समूहका एकजना नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सिन्धुलीको तिनपाटन गाउँपालिकामा रहेको भिमसेन नि.मा.वि.का प्रधानाध्यापक नारायण भण्डारीको अपहरणमा संलग्न आरोपमा प्रहरीले विप्लव समूहका सिन्धुली जिल्ला समिति सदस्य राजिव सुनुवारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलिकी एसपी रञ्जु सिग्देलका अनुसार सुनुवारलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो ।…