Live on
Your Voice, Your Power
काठमाडौँ– आज ६९ औँ विश्व कुष्ठ रोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रमहरू नगरिए पनि स्वास्थ्यसम्बद्ध निकायहरूले सामान्य रूपमा सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका हुन् । ‘शून्य कुष्ठ रोगका लागि हाम्रो प्रतिबद्धता, आत्म सम्मानका लागि ऐक्यवद्धता' भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइएको छ ।…