Live on
Your Voice, Your Power
काठमाडौँ- गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्। दसैँको बिदाका कारण स्वास्थ्य मन्त्रालयले दिनहुँ गरेको प्रेस ब्रिफिङ रोकिए पनि मन्त्रायको आधिकारिक पेजमार्फत् आजको विवरण दिइएको हो।