देश/प्रदेश Archives | Page 1067 of 2048 | Khabarhub Khabarhub

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।