Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार एकैदिन ८ हजार ४५४ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो । आजै ४ हजार ४३३ जनाले कोरोनालाई जितेका छन् । आज थप ५ संक्रमितको मृत्यु भएको छ ।