Live on
Your Voice, Your Power
रुपन्देही - बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा शव भेटिएको हो। मृतक बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए ।