देश/प्रदेश Archives | Page 1270 of 2036 | Khabarhub Khabarhub

विराटनगरमा एक पुरुष मृत फेला

विराटनगर– विराटनगर बसपार्क छेउमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका हुन् । मृतकको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घट्ना बारे अनुसन्धान थालेको छ ।