Live on
Your Voice, Your Power
काठमाडौं- बालाजुस्थित एक सेनिटाइजर कम्पनीमा आइतबार आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीको मेसिन पड्किँदा आगलागी भएको जनाइएको छ । आगलागीमा परी ८ जना कामदारहरु घाइते भएका छन् । घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी बृत्त बालाजुले जानकारी दिएको छ । घाइतेको पिपुल्स मेडिकल कलेजमा उपचार भइरहेको छ ।