देश/प्रदेश « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

कास्की- रूपा गाउँपालिका-७ कालीढुङ्गास्थित पाचे खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मादी गाउँपालिका-८ पाखुरीकोट बस्ने १३ वर्षीय सन्दीप नेपालीको मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको किङ्खु स्वास्थ्य चौकी लमजुङ हुँदै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।