देश/प्रदेश « Khabarhub

चोरीका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी तथा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् । चोरी भएको तथा हराएको भन्दै दिएको निवेदनका आधारमा प्रहरीले ती मोटरसाइकल विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।