बाँदर धपाउन ‘मंकी एयर गन’ वितरण « Khabarhub

बाँदर धपाउन ‘मंकी एयर गन’ वितरण


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धीखर्क-  केही वर्षदेखि खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले किसानलाई मङ्की एयर गन वितरण गरेको छ ।

कृषकको गुनासोलाई ध्यानमा राखी गाउँपालिकाका आठ वडामा पाँच थानका दरले बाँदर धपाउने यन्त्र वितरण गरिएको अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।

दैनिकजसो किसानको अन्न बाली खाने र क्षति गरेकाले अन्नबाली संरक्षणका लागि कार्बन राखेर बन्दूक पड्काए जस्तो आवाज आउने र बाँदर डराएर भाग्ने भएकाले मङ्की एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ ।

जिल्लाका विभिन्न गाउँमा बाँदरले अन्नबाली सखाप पार्दै आएको छ । अघिल्ला वर्ष छत्रदेव गाउँपालिकाले गाउँगाउँमा बाँदर हेरालुको व्यवस्था गरेको थियो ।

मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा गत वर्ष साउनमा मालारानी गाउँपालिकामा एक जनाको ज्यानसमेत गएको थियो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा